विमस्टेकमा सहभागी हुन म्यानमारका राष्ट्रपति काठमाडौँमा, उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत
१२ भदाै, काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुनका लागि म्यानमारका राष्ट्रपति विन मिन्त काठमाडौँ आइपुगका छन् । राष्ट्रपति मिन्तलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।
विमस्टेकमा सहभागीता जनाउन आउने उनी पहिलो राष्ट्र प्रमुख हुन् । उनको स्वागतमा सेनाको एक टुकडीले विमानस्थलमा सलामी समेत दिएको थियो। आज उनले द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । काठमाडौंमा बिम्स्टेको चौथो शिखर सम्मेलन यही भदाै १४ र १५ गते हुँदैछ।
प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १७:११