२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

८ असार, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हज यात्रीहरुलाई उक्त हजयात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले हज यात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । साथै हज यात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : June 22, 2022 at 4:53 pm