१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

८ असार, काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०७९ जेठ ३ र ४ गते काठमाडाैंकाे चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागिहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको बर्तमान अवस्था र संभावनाहरु सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

बैंकले सम्पूर्ण प्रदेशहरुमा प्रदेशस्तरीय बजेट गोष्ठीहरु सम्पन्न गरी सम्पूर्ण शाखाहरुबाट आएका सल्लाह सुझाबहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारीता बढि हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गरेका थिए ।

सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रमहरु तर्जुमा हुने बिश्वास समेत उहांले व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु लक्ष्मण पौडेल, बिश्वराज बराल, प्रकाश कुमार अधिकारी, होम बहादुर खड्का, काठमाण्डौ बैंकिङ्ग अफिस प्रमुख, प्रादेशिक कार्यालय प्रमुखहरु र प्रधान कार्यालयका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरुको सहभागिता रहेको थियो ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : June 22, 2022 at 8:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/