१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

१२ भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनुहुनेछ । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।

प्रकाशित मिति : August 28, 2018 at 11:05 am