२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

प्रेम आलेको कुटाइ खाएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी निलम्बित


७ असार, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको कुटाइ खाएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई स्पष्टीकरण पनि सोधेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०८:२०