९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

६ असार, काठमाडौं । आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : June 20, 2022 at 5:11 pm