९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत

६ असार, मकवानपुर । मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ । ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : June 20, 2022 at 1:18 pm