९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

६ असार, मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ ।

अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो । हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

प्रकाशित मिति : June 20, 2022 at 10:39 am