९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

५ असार, बैतडी । बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।

प्रकाशित मिति : June 19, 2022 at 6:29 pm