९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

पौडीः २०० मिटर फ्रिस्टाइलमा नासिरको कीर्तिमान

५ असार, काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छन् ।

प्रकाशित मिति : June 19, 2022 at 4:29 pm