९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

माडीमा इनारमा खसेर दुई जनाको मृत्यु

५ असार, चितवन । माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् ।

इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : June 19, 2022 at 2:37 pm