सर्लाहीको छटीघाट पुलबाट कार खस्यो, एक जनाको मृत्यु
५ असार, सर्लाही । सर्लाहीको धनकौन गाँउपालिका–५ स्थित छटीघाट पुलबाट गएराती कार तल खस्दा कारमा सवार १ बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् । सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैया तर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो ।
दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैलाई उपचारको लागी बरहथवा सिथत एडभान्स संजिवनी अस्पताल पठाइएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना पछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।
प्रकाशित मिति : June 19, 2022 at 12:03 pm









