९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, एसपीपीबारे छलफल हुने

५ असार, काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा संसदीय समितिमा जवाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए । सत्तारुढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : June 19, 2022 at 11:30 am