३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

काठमाडाैँकाे नेपालटारमा २० वर्षीय जेनिशा श्रेष्ठको रहस्मय मृत्यु, प्रेमी सागर कार्की पक्राउ

११ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ मा रहेको नेपालटारमा एक युवतीको रहस्मय मृत्यु भएको छ ।सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको अाइतबार राति रहस्यमय मृत्यु भएको हो । महानगरिय प्रहरी वृत बालाजुले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ ।

उनलार्इ भोलि मंगलबार अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्ने तयारी गरिएको बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए । उनका अनुसार डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे ।

प्रतिकात्मक तस्बीर ।

प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर जेनिशाकै कोठामा मदिरा पिएर बसेका थिए । सागरका अनुसार उनी ट्वाइलेटमा गएको वेला जेनिशा सलले पासो लागेर झुण्डिएकी हुन । उनले अाफूले देख्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगेको र उनको त्यही मृत्यु भएको बताएका छन । कार्कीको बयानमा प्रहरी ढुक्क हुननसकेकाले हत्याको अाशंका गरिएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट अाएपछि थप जानकारी हुने बताएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १९:२७