११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

बर्दियामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

५ असार, बर्दिया । बर्दियाको बासगढी नगरपालिका–९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर के.सी रहेका छन् । उनको उपचारको क्रममा मेडीकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।

गएराति साढे ९ बजे सुदुर पश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ ।

प्रकाशित मिति : June 19, 2022 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/