रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
५ असार, रुकुम (पश्चिम) । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका–८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम विक रहेका छन् ।
प्रकाशित मिति : June 19, 2022 at 10:50 am









