९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

आजको तरकारी तथा फलफूलकाे मूल्य

५ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ छ । यस्तै अनार प्रतिकेजी ३७५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, आँप ९० रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, आभोकाडो ४७५ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, इमली १७० रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली, तने बोडी, लोकल सेतो मूला, लौका र घिरौला ५५ रुपैयाँ, कागती १७५ रुपैयाँ, किवि ४७५ रुपैयाँ, अकबरे खुर्सौनी ३२५ रुपैयाँ र लोकल गाजर ९५ रुपैयाँ छ ।

टने गोलभेडा ३२ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ, चमसूरको साग ९५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, हरियो तरबुजा ४० रुपैयाँ, तामा ११५ रुपैयाँ, तोरीको साग, रुख कटहर, स्कुस, भिण्डी, भन्टा, लाम्चो हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, तोरीको साग छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा र तोफु ११५ रुपैयाँ, न्यूरो ६५ रुपैयाँ, परवर ३५ रुपैयाँ, पालूगो ९५ रुपैयाँ र सुेको प्याज प्रतिकेजी ३९ रुपैयाँ रहेको छ ।

यसैगरी ब्रोकाउली प्रतिकेजी १७५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सकुको चाइनिज लसुन १४५ रुपैयाँ, भारतीय लिच्ची २२५ रुपैयाँ, लोकल लिच्ची ९० रुपैयाँ, फूजीको स्याउ २७५ रुपैयाँ र हरियो धनिया प्रतिकेजी ३५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : June 19, 2022 at 10:47 am