९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नआउने

५ असार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने भएका छन् । प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन्। आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन् ।

प्रकाशित मिति : June 19, 2022 at 10:39 am