१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

४ असार, दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

प्रकाशित मिति : June 18, 2022 at 1:52 pm