१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

३ असार, पोखरा । देशमा भैरहेको महिला हिंसाको घटना न्यूनिकरणका लागि पोखराबाट मानवअधिकार कर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरुले महिला हिंसाका घटनालाई अधिकतम दण्डको ब्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा कुमारी आमा नेहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, जबर्जस्ती करणीका मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरुलाई न्यायको सुनिश्चिता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामिण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको शान्तिका लागि नागरिक समाजको सन्जाल कास्कीका संयोजक विना सिलवालले बताइन् । मानवअधिकार कर्मीहरुले शुक्रबार पोखरा सहिदचोकमा १ घण्टा धर्ना दिएका थिए ।

प्रकाशित मिति : June 17, 2022 at 6:41 pm