९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

ललितपुरकाे गोदावरीमा रङ्गशाला बन्दै

११ भदौ,ललितपुर । गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उहाँले बताउनुभयो ।नगरपालिकाले रङ्गशाला निर्माणका लागि गत वर्ष रु ४० लाख र यस वर्ष १ करोड बजेट छु्याएको छ ।

छिट्टै अखिल नेपाल फूटबल सङ्घसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताउनुभयो ।“अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको छ”, उहाँ भन्नुहुन्छ, “एक÷दुई सातापछि नै फेरि शुरु हुनेछ ।” आगामी तीन वर्षभित्र रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । पहिले ढुङ्गाखानी सञ्चालन भएको स्थानमा अहिले रङ्गशाला निर्माण हुँदैछ ।

प्रकाशित मिति : August 27, 2018 at 4:46 pm