कार्यकर्ता भर्ती नगरेपछि मन्त्री आलेले एनएसीका अध्यक्ष अधिकारीलाई मन्त्रालयमै कुटे
३ असार, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई मन्त्रालयमै बाेलाएर कुटेका छन ।
आफूले भनेका कार्यकर्तालाई एयरलाइन्समा जागिर नलगाई दिएकाे भन्दै मन्त्री आलेले छाडा शब्दले सम्बाेधन गर्दै कुटपिट गरेका हुन । आलेले छाडा शब्दले गाली गर्दै अधिकारीमाथि कुटपिट गरेका हुन । अधिकारीले आफू आलेबाट कुटिएकाे पुष्टि गरेका छन ।
उनले आलेकाे कुटाइ खाएकाे कुरा समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई हुबहु रिपोर्टिङ गरेकाे स्राेतले जनाएको छ । आलेकाे कुटाइ खाएसँगै अधिकारीले तपाईंले भनेका धेरैकाे जागिर भैसकेको छ बाँकीकाे पनि अब भैहाल्छ भनेका छन ।
प्रकाशित मिति : June 17, 2022 at 9:25 am







