१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रदेश १ सरकारले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन स्थापना गर्ने

१ असार, काठमाडौं । प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो ।

नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेशन स्थापना गर्ने योजना अघि सारेको छ । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : June 15, 2022 at 6:05 pm