नतिजा दिँदै मेयर बालेन्द्रः अब काठमाडाैँमा ९ वटा ब्रुमरले धुलो बडार्ने (भिडियो)
१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा बालेन्द्र साह र सुनिता डंगोल आएसँगै कामहरू चुस्त हुन थालेका छन । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने काम अघि बढाउने घोषणा गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडकको सफाइका लागि ब्रुमरहरू मर्मत गरेर सडकमा निकालेका छन । बुधबारबाट ५ वटा ब्रुमरले काम थालेका छन भने बिहीबारबाट ४ वटा थपिएर ९ वटा हुने प्रमुख बालेन्द्र साहले बताएका छन ।
उनले भनेका छन, ‘सानातिना मर्मत लगायतका कामहरु पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम सुरु हुन थालेका छन् । आजदेखि ५ वटा ब्रुमरले काठमाण्डौँ सफाइ गर्न थालेका छन् । भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् । बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाण्डौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।’
प्रकाशित मिति : June 15, 2022 at 9:18 am









