३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

सात वटै प्रदेश सरकरको बजेट आज

१ असार, काठमाडाैँ । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारकाे चालु आवकाे बजेट २ खर्ब ६१ अर्ब रहेकाे छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ०८:३९