१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड

३१ जेठ, भक्तपुर । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उदघाटन गर्दै उनले निर्यातलाई वढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) को संयुक्त आयोजनामा सभ्वावित अन्तराष्टिय बजार पहँंच सम्बन्धी चारदिने तालिम उदघाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्वरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे ।

जिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापारव्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए । उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसंग सम्बन्धित २५ व्यवसायीहरु सहभागी रहेको जनाइएको छ । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : June 14, 2022 at 6:24 pm