९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

चितवनको कालिका नगरपालिकामा उपभोक्ता अधिकार संरक्षण मञ्च गठन

–शिशिर सिंखडा

११ भाद्र, चितवन । चितवनको कालिका नगरपालिकामा उपभोक्ता अधिकार संरक्षण मञ्च गठन गरिएको छ । सो समितिको अध्यक्षमा महादेव प्रसाद हुँमागाई चयन भएका छन् । सो समितिको प्रथम उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीराम दाहाल, सचिव जुना लामा, कोषाध्यक्ष लालमाया घले, सहसचिव मिलन पाण्डे चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा नारायण चापागाई, पूर्ण बुढामगर, विवेक दाहाल, पान बहादुर तमाङ र पत्रकारहरुको तर्फबाट सदस्य शिशिर सिंखडा चयन भएका छन् । कालिका वडा नं. ६ को कार्यालयमा आज सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यवाहक मेयर एवम् वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मीले उपभोक्ताको अधिकार संरक्षण गर्न कालिका नगरपालिका पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए ।

उपभोक्ताको स्वच्छ एवम् स्वस्थ खानेकुरा एवम् सामानहरु किन्न पाउने अधिकार, सर्वसुलभ एवम् गुणस्तरीय वस्तुहरु उपभोग गर्न पाउने अधिकारबाट वञ्चित गराउन नहुने भन्दै कार्यावाहक मेयर रेग्मीले हरेक वस्तु र सेवाको गुणस्तरता र मौलिक हकको सुनिश्चितता गर्न नगरपालिकाले सबै निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने समेत बताए ।

कार्यक्रमका विशिष्ट अतिथि उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, जिल्ला उपाध्यक्ष पुष्पराज शर्मा धिताल, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, पत्रकार शिशिर सिंखडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रम मञ्चका नगर अध्यक्ष महादेव प्रसाद हुँमागाईको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : August 27, 2018 at 12:38 pm