६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रेमीको घरबाट पक्राउ


३१ जेठ, दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले प्रेमीको घरमा प्रवेश गरेर उनको परिवारको सदस्यलाइ कुटपिट गर्नुको साथै घरमा सामानहरू तोडफोड गरेकी छिन । तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको प्रेमी एकराजको घरमा मंगलबार बिहान प्रवेश गरेर राज्यमन्त्री वालीले बितण्डा मञ्चाएकी हुन ।

एकराजको घरमा छिरेर बितण्डा मच्चाइरहेकी विमला अहिले प्रहरी नियन्त्रणमा छिन । स्थानीयले खबर गरेपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको हो । विमलाले चुम्बन गरिरहेको तस्बीर गत वर्ष फेसबुकमा सार्वजनिक भएपछि उनीहरूको अबैध सम्बन्धको बारेमा बाहिर सबैले जानकारी पाएका थिए ।

त्यसपछि विमालाका छोराहरूले उनीविरूद्ध मुद्दा हालेका छन । उनी तत्कालीन एमाले सांसद उत्तर वली जो उनको श्रीमान पनि हुन दुर्घटनामा मृत्यु भएपछि उपचुनाव मार्फत प्रदेशसभामा पुगेकी थिइन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १०:५५