६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

देश डुबाएर कमिशन खाने अर्थमन्त्री शर्मासँग एमालेले माग्यो जवाफ


३० जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन ।

सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको बताए ।

पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको जिकिर गरे । उनले अन्धाधुन्ध रुपमा करको दायरामा गरिएको हेरफेरले मुलुकका स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको बताए ।

अर्थमन्त्री शर्माले माटो कमिसनका लागि व्यापारीहरूको सेटिङमा करको दायरा परिवर्तन गरेर पुष्टिभएपछि सोमबार सामाजिक सञ्जालमा धेरैले शर्मालाइ बर्खास्त गर्न माग गरेका छन । नेकपा माअोवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शर्मालाइ राजिनामा दिन सुझाव दिएका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १५:०९