१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

३० जेठ, कोलम्बो । संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।

ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए । विद्युत र ग्यास अभावले पेट्रोलियम पर्दाथको खपत बढेको छ ।

‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर उनीहरूलाई साप्ताहिक कोटा सुनिश्चित गर्नुको विकल्प छैन’, उनले अगाडि थपे, ‘म जुलाईको पहिलो सातासम्म यो प्रणाली लागू हुने आशा गर्छु ।’

उनले नयाँ प्रणालीमा सवारी चालकले कति इन्धन किन्न पाउने भन्ने खुलाएनन् । विदेशी मुद्रा सञ्चितिको अभावका कारण खाद्यान्न, इन्धन र औषधिजस्ता आधारभूत आवश्यकताहरू आयात गर्न नसक्दा श्रीलंका दशकौंयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।

अप्रिलको मध्यतिर सरकारले सबै इन्धन स्टेसनहरूलाई मोटरसाइकलमा चार लिटरभन्दा बढी, तीन पाङ्ग्रे सवारी साधनका लागि पाँच र कारका लागि साढे १९ लिटर पेट्रोल वा डिजेल उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : June 13, 2022 at 11:43 am