१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024

नुवाकोटका भाइरल माईला बिकबारे बोले एमाले नेता पाण्डे, गरे यस्तो अपिल


३० जेठ, काठमाडाैँ । नुवाकोटका भाइरल माईला बिकको बारेमा नेकपा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष एवं बिको निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य पूर्वमन्त्री केशवराज पाण्डेले मुख खोलेका छन । उनले सोमबार सामाजिक सञ्जाल मार्फत माईलाले भनेका कुरा सत्य रहेको भन्दै उपचारमा आफूले पनि सहोय गर्ने र अरूलाई पनि गर्न अपिल गरेका छन ।

बेलकोटगढी नगरपालिका वडा नम्बर १३ स्थानीय घर भएका बिकको बारेमा आफ्ना विचार राख्दै पाण्डेले उनको पुस्ताले गाउँमा सबैका लागि सहयोग गरेको र अहिले सबैले मिलेर सहयोग गर्नुपर्ने अवस्था आएको बताए ।

पाण्डेले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका छन,

‘अहिले नुवाकोटका माईला बिक को सबै तिर चर्चा छ । यीनको र मेरो एउटै गाउँ हो । अगाडीको कुरा म जान्दिन तर यिनका हजुरबा र हजुरअआमाका काखमा म खेलि हुर्कि बढेको हुं । यिनका बा जसलाई म माल्दाई भन्ने गर्दथे तिनकै यिनी माहिला छोरा रहेछन। अस्ति निर्वाचनमा जादा माल्दाईको घर यहिं होईन भनेर मैले खोजे उनी त्यहा बाट काठमाण्डौ सरेछन । मतदानको दिन भेट भयो, मैले माल्दाई भनेर बोलाए, मलाई अंगालो मारेर एक छिन रोए ।घरमा आउन भन्दै मेरो नं दिएर विदा गरें । आज माईला विक ले जे भनेको छ त्यसमा सत्यता छ । त्यो परिवार सिकर्मी पनि हो, डकर्मी पनि हो र हलो जोत्ने पनि हो । यदि माईला विक उपचाररत हुन भने म पनि सहयोग गर्छु हामी गाऊंले सबै मिलेर सहयोग गरौं । उनका पुस्ताले हामी सबैको काममा सहयोग गरेका छन ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ११:२५