१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

अष्ट्रेलियाका लागि पर्यटन दुत नियुक्ति संगै विवाद,नेकपा एस निकट नेता सेढाइले दिए राजिनामा

२९ जेठ, अष्ट्रेलिया । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रवार अष्ट्रेलिया ब्रिसवेन निवासी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेकपा एसका नेता समेत रहेका पर्यटन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयले शाहलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेको पत्रमा अस्ट्रेलियास्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, पर्यटन व्यवसायी,सञ्चारकर्मी सहित सरोकारवाला निकायसंग को सहकार्यमा नेपालको पर्यटन प्रबद्र्धनका लागि योगदान पुर्याउने विश्वास गरिएको छ ।

यता शाहको नियुक्ति सहित नेकपा समाजवादीको पछिल्लो गतिविधीबाट रुष्ट भएका सो पार्टीको प्रवासको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सेढाईले मञ्चको साधारण सदस्यता समेतबाट शनिवार राजिनामा दिएका छन् । उनले मन्त्री आलेमाथि गम्भीर आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन । सेढाईले जारी गरेको विज्ञप्तिमा मन्त्री आलेले घुस खाएर पर्यटन दुतको नियुक्ति दिएको सुनेको उल्लेख समेत गरेका छन् । उनले देशमा आर्थिक संकटका बेलामा गुपचुप मन्त्री आलेले गरेको अष्ट्रेलिया भ्रमण समेतलाई संकेत गर्दै विभिन्न प्रलोभनमा नियुक्ति बाँड्दै हिंडेको र कार्यकर्ताको अपमान गरेको आरोप लगाइएका छन् ।

नेपालमा रहदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति शुरु गरेका सेढाई तत्कालिन माले निकट अनेरास्ववियुको कालापानी मार्चका लगायतका आन्दोलनका अगुवा भएर अष्ट्रेलिया आएबाटै ओएनएफमा सक्रिय रहेका थिए । उनी एमालेको विभाजन संगै नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्चमा सक्रिय थिए ।

प्रकाशित मिति : June 12, 2022 at 3:59 pm