निर्मला हत्या प्रकरणः कांग्रेस नेता र एसपी विष्टका छोराहरू पनि छानविनको दायरामा अाउने
११ भदाै, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्ष प्रहरीले निकालेको छ । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्ष निकालेका हुन । उनले भनेका छन, ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’
उनले पोस्टमार्टम रिपोर्ट, नियन्त्रणमा लिएका रोशनी र बबिता बम दिदीबहिनीको घर, त्यो घरदेखि घटना गराइएको ठाउँसम्मको दुरीमा कुनै न कुनै प्रमाण फेला पर्ने बताएका छन । उनले डिएनए परीक्षण र मोबाइलको कल डिटेल हेरेर पनि थप तथ्य खुल्नेमा बताएका छन । प्रहरीले शुक्रबार निर्मला पढ्न गएको घरका रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरिसकेको छ उनीहरूसँग अाजदेखि बयान लिन सुरू गर्ने जनाएको छ ।
यस्तै प्रहरीले बम दिदीबहिनीको घरमा बारम्बार अावतजावत गर्ने एसपी डिल्ली विष्ट र नेपाली कांग्रेसका नेता भूपेन्द्र विष्टका छोरामाथि पनि अनुसन्धान सुरू गर्ने तयारी गरेको छ । कञ्चनपुर प्रहरी स्रोतका अनुसार अाजबाट बम दिदीबहिनीको बयानपछि स्थानीयले शंका गरेका दुबै विष्टका छोराहरूलार्इ नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न सहयोग पुग्नेछ । कञ्चनपुरका स्थानीयले बलात्कारपछिको हत्याको अनुसन्धानमा एसपी विष्ट र कांग्रेस नेता विष्टले नियतवश प्रभावित गर्न खोजेको र मानसिक सन्तुलन गुमाएका मान्छेलार्इ दोषीको रूपमा प्रस्तुत गरेको भन्दै चर्को प्रदर्शन गरेका थिए ।
यता अनुसन्धानको प्रकियासँगै अन्य शंकाहरू पनि पुनः उब्जिएका छन । सिअाइबीका डिएसपी अंगुर जिसी, उनको टिम र त्यो टिमलार्इ सहयोग गर्न खटिएको सइ डिगरदेव पन्तलार्इ निलम्बन तथा जिल्लाभरका इन्सपेक्टरहरूकाे सरूवा गर्नुपर्ने माग उठेको छ । वरिष्ठ पत्रकार खेम भण्डारीले फेसबुक मार्फत स्थानीयको तर्फबाट छानविन समितिको ध्यानाकर्षण गराएका छन । उनले सिअाइबीका डिएसपी अंगुर जिसी, उनको टिम र त्यो टिमलार्इ सहयोग गर्न खटिएको सइ डिगरदेव पन्तलार्इ निलम्बन नगरे अनुसन्धान पुनः प्रभावित हुने भन्दै अाशंका गरेका छन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार नक्कली दोषी खडा गर्न र घटनास्थलमा लगेर सर्ट र कण्डम राख्ने काममा उनीहरू सक्रिय रहेका थिए । पत्रकार भण्डारीले लेखेको फेसबुक स्टाटस पढ्नुहोस् ।
प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०९:३०