१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले वृद्धि

२९ जेठ, काठमाडौं । सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ ०० रुपैयाँ निधारर्ण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : June 12, 2022 at 12:00 pm