४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

२८ जेठ, कैलाली । गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न. को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो ।
घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा  मृत्यु भएको बताइएको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १८:१२