६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

२८ जेठ, बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।

खोलामा हालिएको साघुँरो पुलबाट गाडी खस्न गई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार ०९:३७