८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

चट्याङ लागेर दुई जनाको मृत्यु


२७ जेठ, सप्तरी । बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ । सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । २०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १५:४३