८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ


२७ जेठ, बाँके । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

श्रवणले चलाई ल्याएको भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गरेको थियो ।

जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु घोसी लगायत दुई जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १४:५१