१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

बल्खुस्थित तरकारी बजारमा सरकारी छापा, विरोधमा उत्रिएका व्यापारी रवि शाह पक्राउ

११ भदाै, काठमाडाैँ । बल्खुस्थित तरकारी बजारमा  एकाबिहानै सरकारी टोलीले छापा मारेको छ । प्रहरीसहित छापा मार्न गएको सरकारी टोलीविरुद्ध विरोधमा उत्रिएका एक व्यापारी पनि पक्राउ परेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा सरकारी टोली सोमबार बिहानै बल्खुको तरकारी बजार पुगेको थियो । टोलीले अनुगमनमा अवरोध गरेपछि व्यापारी रवि शाहलार्इ पक्राउ गरेको छ ।

अनुगमनका क्रममा दुई वटा गाडीमा किसानबाट खरिद गरिएका तरकारीको बिलबिजक नपाइएको पोखरेलले बताएका छन । यसअघि पनि विभागको टोलीले कालिमाटीस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको थियो।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०७:५८