चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु
२७ जेठ, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् ।
काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : June 10, 2022 at 2:33 pm









