८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु


२७ जेठ, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् ।

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १४:३३