१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

आंबुखैरेनी दुर्घटना , २ शब फेला (भिडियाेसहित)


२७ जेठ, काठमाडाैं । शुक्रबार बिहान मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुंको आंबुखैरेनी गाउँ पालिका ४ मा भएको दुर्घटनामा परेका २ जनाको शब फेला परेको छ ।सो स्थानमा शुक्रबार बिहान करिब ४:३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अबस्था र त्यसमा रहेका ब्यक्तीको अबस्था अज्ञात छ ।

सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट सशस्त्र प्रहरी निरिक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोर सहितको टोलिले उद्दार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटोरसाइकलमा सबार अनुमान गरिएका गोरखा सिरानचोक घर भएका बर्ष ३५ को केशब घिमिरे र अर्का एक ब्यक्तिको शब निकालेको छ भने बा ३३प १०८१ नम्बरको मोटरसाइकल हराइरहेको र सो मोटरसाइकला सबार ब्यक्ती सुरक्षित रहेको बुझिएको छ । सडकमा गुडिरहेको कार र मोटरसाइकल सडक भासिए संगै दुर्घटनामा परेका थिए ।


प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार १३:१०