१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत

२७ जेठ, गाेरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल खसेको थियो। माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेकाे छ । मृतकमध्य एक जना गाेरखाकाे सिरानचाेक गाउँपालिका स्थित छाेप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।

प्रकाशित मिति : June 10, 2022 at 11:10 am