११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि मन्त्रालयमा आफ्नै पार्टीका सांसदको ‘नोकझोक’

https://www.muktinathbank.com.np/online/loan-application

२६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात प्रयास गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा भेटवार्ता लागि पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै मन्त्रीमाथि आक्रोश पोखेका थिए । जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि भेटमा सहभागी थिए ।

सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको भने स्वीकार गरे । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो’ उनले भने ।

प्रकाशित मिति : June 9, 2022 at 6:44 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/