१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार

२६ जेठ, बाँके । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिडीरहेको बेलामा ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : June 9, 2022 at 1:31 pm