२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

चितवनमा दुलही लिएर फर्कदै गरेको जन्ती सवार बस दुर्घटना


२५ जेठ, चितवन । चितवनमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । रत्ननगर नगरपालिकाको टाँडी स्थित लौरी घोलमा बस दुर्घटनामा परेको हो ।

रत्ननगरको हरिहर मन्दिरमा बिबाह सकेर जन्ती लिएर चितवनको खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

दुर्घटनामा बसमा सवार ५ जना जन्ति घाइते भएको र उनिहरुलाई उपचारका लागि अस्पताल पठाइएकोप्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ११:४०