फेरि सिसडोलमै खसालियो फोहोर, युवाहरू आन्दोलनका लागि तयार
२६ जेठ, काठमाडाैँ । धादिङ र नुवाकोटको सीमामा रहेको बञ्चरेडाँडामा फोहर विसर्जन गर्न नपाएपछि फर्किएका ट्रकले सिसडोलमै फोहोर खसालेका छन । सिसडोलमा सडकै छेउमा फोहोर खसालेपछि त्यहाँको बाटो नै अबरूद्ध हुनुपुगेको छ । अहिले पानी पनि परिरहेको र बाटोमा फोहोर पनि भएपछि गाडी गुड्न सक्ने अवस्था नै नभएपछि डोजरको सहायताले बाटो खोल्ने काम भैरहेको छ । उता बञ्चरेडाँडा जाने बाटोमा धादिङको धुनिवेशी नगरपालिकाका केही युवाहरू सडकमा फोहोर रोक्न तैनाथ भैसकेका छन । उनीहरू सडकमा जम्मा भएर बसेका छन ।
प्रकाशित मिति : June 9, 2022 at 11:00 am









