१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

इम्बोस्ड नम्बरको ठेक्का छानबिनको माग गर्दै युवा संघ अख्तियारमा (फोटोफिचर)

२५ जेठ, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ ।

युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।

प्रकाशित मिति : June 8, 2022 at 2:58 pm