२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चट्याङ लागेर दुई भैँसीको मरे


२५ जेठ, स्याङ्जा । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिनुभयो ।

ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ११:३६