२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

ओखरपौवामा सरकारी दमन, प्रहरीले घरभित्रको मान्छे पनि कुट्यो (भिडियोसहित)


२४ जेठ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाको सीमामा पर्ने बन्चरेडाँडा ल्यान्डफिल साइटमा सरकारले बल प्रयोग गरेर नै फोहर व्यवस्थापन गर्ने भएको छ । जनप्रतिनिधिहरूको बीचमा भएको सहमतिपछि मंगलबार बिहानबाट फोहर व्यवस्थापन हुनुपर्नेमा ककनी ३ का कांग्रेस नेता श्रीराम ढुंगानाको नेतृत्वमा एउटा समूहले अबरोध गरेपछि सरकारले बल प्रयोग गरेको छ ।

सरकारले बल प्रयोग गर्ने क्रममा प्रहरीहरूले घरभित्र बसीरहेका मनिसलाइ समेत थुतेर कुटपिट र दूर्व्यवहार गरेका छन । फोहर व्यवस्थापनमा अबरोध गरेको भन्दै प्रहरीले ढुंगानासहित ११ जनालाइ नियन्त्रमा लिएको जनाइएको छ । प्रहरीले घरभित्रै बसेर स्थानीयमाथि गरेको दूर्व्यवहार तलको भिडियोमा हेर्न सकिन्छ । अहिले अबरोध हटेपछि फोहर बोकेका ट्रकहरू बञ्चरेडाँडातर्फ लागेका छन ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १५:३६