१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

रामकुमारी झाँक्रीको कारण सिर्जित समस्या तत्कालका लागि टर्यो, भोलिबाट फोहर उठाउने सहमति


२३ जेठ, काठमाडाैँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका कारण पछिल्लो समयमा सिर्जित समस्या तत्कालका लागि हल भएको छ । योसँगै भोलिबाट काठमाडाैँ उपत्यकाको फोहोर भोलि मंगलबारबाट उठाउन सुरू गरिने भएको छ । झाँक्रीले स्थानीयका विरूद्धमा अभिव्यक्ति दिएर उत्तेजित बनाइदिएकी थिइन । त्यसपछि निरन्तर स्थानीयले फोहोर व्यवस्थापनमा अबरोध सिर्जना गर्दै आएका थिए ।

सोमबार मन्त्री झाँक्रीसहितको उपस्थितिमा सहरी विकास मन्त्रालय भएको वार्ताबाट केही बुँदामा प्रतिवद्धता जनाइ फोहोरो उठाउने सहमति बनेको ककनी गाउँपालिकाका अध्यक्ष साजन तामाङले जानकारी दिए । मन्त्री झाँक्रीसहित काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल, ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार २१:२२

https://srdb.com.np/